४ असोज, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिलाई प्रवर्द्धन गर्न चाहेको भन्दै भारतीय हस्तक्षेपको घुमाउरो विरोध गरेका छन् । नेपालले आफ्नो स्वाभिमान कायम राखेर मात्र मित्र राष्ट्रहरुसँग सम्बन्ध राख्न चाहेको उनले बताए ।
खुल्ला मञ्चबाट प्रचण्डले भारतलाई दिए खुल्ला सन्देश- हामी जे भन्यो त्यही गर्दैनौं
संविधान जारी भएको खुसियालीमा सैनिक मञ्चमा आयोजित सभालाई संबोधन गर्दै ओलीले छिमेकी मुलुकहरुलाई कुनै कुदृष्टि राख्न नचाहेको स्पष्ट पार्दै अव नेपाललाई अगाडी बढाउन चाहेको बताए ।
प्रचण्ड पछि बोलेको ओलीले भने ‘हामी जिम्मेवार परराष्ट्रनीतिलाई ध्यानमा राखेर अघि बढिरहेका छौं ।’
उनले केही पछाडि परेका वर्गका लागि केही बाँकी रहेको भएपनि विधेष निति बनाएर अघि बढाउन सक्ने आधार तयार रहेको बताए । हिमाल महाड तराईलाई आफ्नो एउटै राष्टको रुपमा विका गर्ने व्यवस्था गरेको भन्दै उनले भने – ‘जनताले बनाएको संविधान अन्तगर्तन सार्वभौम देशका जनता भएका छौं । देश विदेशमा रहेका सबै नेपालीलाई बधाइ र शुभाकामना । नयाँ नेपालको सपना देख्ने, मार्ग प्रशस्त गर्ने , सुसूचित गर्दै आन्दोलित गराउँदै यहाँसम्म ल्याउने सबै नेतालाई सम्मान ।’
उनले संविधानले लोकतान्त्रिक प्रणाली सुनिश्चित गरेको र जनतालाई फुटाएर आफूहरुको राज्य टिकाउन नेपाललाई अविकसित राष्ट बनाएको उनले बताए । उनले भोलि एमालेले आयोजना गरेको चियापानमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।