१ असोज, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतकोरुपमा काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

भारतले संविधान जारी हुनु अघि सबैको सहमति खोज्न भनेर मधेशीलाई साथ लिन दवाव दिएपनि नेताहरुले नमानेर संविधानमा मतदान प्रक्रिया अघी बढाइपछि भारत सशंकित रहेको बताइन्छ ।

oli jay shankar

तस्विर केपी ओलीको ट्वीटरबाट

यो पक्रियाको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष सन्देश दिन मोदीका विशेष दुत आउने वित्तिकै बालकोट पुगे । उनको साथमा अघिल्लो साता ओली निवाश पुगेर निराश हूँदै फर्किएका भारतीय राजदुत रञ्जित रे पनि थिए ।

ओलीले आफ्ना निकट नेता प्रदिप ज्ञवालीलाई भारत पठाएको समयमा उताबाट मोदीले विशेष दुत यता पठाएका हुन् ।

ओलीले विशेष दुत भारत पठाउनुको रहस्य के हो

प्रधानमन्त्री हुन ठिक्क परेका ओलीलाई मोदीका विशेष दुतले भारतको चाहानालाई नजर अन्दाज नगर्न सन्देश दिन चाहेको बताइन्छ । ओलीको रवैयाबाट भारत खासै खुसी नभएको बताइन्छ । कडा मिजासका ओली प्रधानमन्त्री बन्नु अघी साइजमा आउन भन्ने भारतीय चाहना छ ।

मध्यरातमा ओलीले दिल्ली फोन गरेपछि …