‘कट्टि बट्टि’ चलचित्रमा देखिने भएकी बलिउड अभिनेत्री कङ्गना रनावतले भनिन् कि उनि ‘टाइमपास’ रोमान्समा विश्वास गर्छिन्।

Kangana-Ranaut (1)

सो चलचित्रको ट्रेलरबाट के देखिन्छ भन्दा कङ्गनाको पात्रले प्रेममा विश्वास गर्दैन र टाइमपास सम्बन्धमा बस्न चाहन्छिन्। उक्त चलचित्रमा कङ्गनाको पात्रले इमरान खानसँग ‘टाइमपास’ सम्बन्ध राखेकि हुन्छिन्, जबकी इमरानको मनशाय भने उसको भन्दा भिन्न किसिमको हुन्छ।

Trailer-launch-of-film-Katti-Batti (2)

“जब हामी प्रेम सम्बन्धमा गाँसिन्छौँ, तब हाम्रो दिमागमा बिवाहको कुनै कुरा नै बसेको हुँदैन किनभने त्यतिबेला हामीले सो सम्बन्धको कुनै अस्तित्व नै बुझेका हुँदैनौ। तथापी, म टाइमपास रोमान्सको लागि सँधै खाली हुनेछु।”- कङ्गनाले कट्टि बट्टिको ट्रेलर लन्चमा पत्रकारहरूसँग भने।

Trailer-launch-of-film-Katti-Batti (3)

उनले भनिन्- “सबैको कुरा त थाहा छैन तर सबैभन्दा महत्वपूर्ण पक्ष भनेको तपाईँको प्रेमी वा प्रेमिकाले तपाईँलाई कस्तो महशुस गराउनुहुन्छ? यदि त्यो सम्बन्धमा विश्वास र भरोसा छ भने ठिकै छ, सम्बन्धलाई अर्को श्रेणीमा लैजानुहोस्।”

कट्टि बट्टि चलचित्रको ट्रेलर पनि हेर्नुहोस्-

यो पनि हेर्नुहोस्-

करिना कपुरले गरेका १० गल्ती

करिना र इमरान १२ घण्टा कारमा थुनिए