५ चैत, काठमाडौं ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका गोविन्द गौतमको परिवारलाई क्षतिपूति सहित माफि माग्न भारतसँग माग गरेको छ ।
यदि आफूहरुको माग प्रति गम्भीर नभए अन्तराष्ट्रिय कानून र मूल्य मान्यता अनुसार अघि बढ्ने चेतावनी युवासंघल दिएको छ ।

युवा संघले विज्ञप्ती निकालेर निर्वाचन सम्बन्धि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
निर्वाचन नगर्न स्थानीय तहको संख्या बृद्धि गरिएको आरोप लगाउँदै युवा संघले राजनीतिक दल सम्बन्धि विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन सहितका स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ ।
दैनिक उपभोग्य बस्तुको मूल्य बढाइएको भन्दै मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि युवासंघले माग गरेको छ । अन्यथा त्यस विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी युवा संघको छ ।