कलर्स च्यानलबाट प्रसारित हुने कमेडी नाइट्स विथ कपिलबाट चर्चा कमाएका कपिल शर्माले यो कार्यक्रमबाट कति पैसा लिन्थे?

खबर अनुसार कपिलले आफ्नो ज्याला दिनकै भारु ४० लाख लिन्थे। कार्यक्रम प्रस्तोता साथै कपिल क्रियटिभ टिमको पनि एक हिस्सा थिए। कार्यक्रममा उठाइने प्रसंग तथा कार्यक्रमको रुपरेखा तय गर्न कपिलको मुख्य भुमिका हुने गर्थो। उनको चर्चा कार्यक्रमको ब्राण्ड संगै जोडिएकाले पनि उनले मोटो रकम पाउथे।

Kapil Sharma  acting smile

कपिल शर्माले बिरामीको कारण देखाइ कार्यक्रमबाट केही समय छुट्टी लिएकाले, कलर्स च्यानलने उनको यो कार्यक्रमको ठाँउमा अर्को एक कमेडी कार्यक्रम सुरु गर्ने सम्भावना रहेको बताइन्छ।

यो नयाँ कमेडी कार्यक्रमको नाम ‘कमेडी नाइट्स रोस्ट’ हुनेछ। जसमा कमेडियन सुदेश लाहिडी, कृष्णा अभिषेक र भारती सिंह प्रस्तोता हुनेछन्। कलर्स च्यानलने प्रत्येक प्रस्तोतालाई प्रतिदिन ५ लाख भारु दिने पनि खुलासा भएको छ।

यो पनि पढ्नुहोस्।
कपिलले छोडे ‘कमेडी नाइटस्’ को साथ
कमेडी किंग कपिलको ५ सुन्दरीसँग एकैपटक रोमान्स