११ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमालेलाई धोकामात्र दिएको भन्दै गम्भिर असन्तुष्टि जनाएका छन् ।
राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुनु अघि बसेको एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेसबाट धोका मात्र प्राप्त भएको भन्दै कांग्रेसले सहकार्यका सबै सम्भावना अन्त्य गरेको बताएका हुन् ।
फाइल तस्विर
सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन आफु लागि परेको स्मरण गराउँदै उनले आफू प्रधानमन्त्री बन्न लाग्दा कोइरालाले खुट्टा तान्न खोजेको टिप्पणी समेत गरेका थिए ।
सत्तारुढ दलका संसदीय दलका प्रतिनिधिलाई समेत सहभागी गराइएको बैठकमा ओलीले कांग्रेसले आफ्नै बुद्धीले राष्ट्रपति गुमाएको भन्दै कांग्रेसलाई कुनै प्रकारको सहयोग गर्न नसकिने स्पष्ट पारेका थिए ।