हेडलाइन्स वाच ।
कुनै समय थियो अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन अघि सर्नेमा गगन थापा, धनराज गुरुङनै सबैभन्दा अघि थिए । समयक्रममै थापा मन्त्री भएर महाअभियोग अगाडि बढाउन नसक्ने तर, कांग्रेस नेताको बलमा अघि बढ्न सुरु गरेको कार्की महाअभियोगको लागि एमाले र माओवादी केन्द्रका सांसदले अग्रसरता लिएपछि कांग्रेसका कार्कीका विषयमा गुटगत आधारमा होइन गुट नै फुट्ने अवस्था आएको छ अर्थात् गुटभन्दा बाहिर निस्कँदै नेताहरु विभाजित हुन पुगेका छन् ।

पार्टी संगठनका नाममा देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्षका नाममा विभाजित हँुदै आएको कांग्रेसमा लोकमान प्रकरणको असर व्यवस्थित र सन्तुलित मानिएको गुटमा समेत पर्न पुगेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा नेताहरु पक्ष र विपक्षीमा उभिएपछि बैठक कुनै निर्णयमा पुग्न सकेन ।

congress discussion

सभापति देउवा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि कांग्रेसले निर्णय लिने बताउँदै आएका छन् ।

संस्थापन (देउवा) पक्ष नै विभाजित
सधैं व्यवस्थित र अनुशासित गुटलाई हुर्काउँदै १३ औं महाधिवेशनमा नेतृत्व हत्याएका सभापति शेरबहादुर देउवाले लोकमान प्रकरणमा भने आफ्नो पक्षमा समान धारणा बनाउन सकेनन् । लोकमानलाई महाअभियोग लगाउनेबारे देउवाले माओवादीलाई ग्रिनसिग्नल त दिए तर, खुलेका छैनन् । तर, उनको समूह काकीलाई महाअभियोग लगाउने वा नहुनेमा विभाजित हुन पुगेको छ ।

कार्कीको पक्षमा को को
देउवाका विश्वासपात्र विमलेन्द्र निधि कार्कीलाई बचाउनुपर्ने पक्षमा छन् । एमालेले प्रस्ताव ल्याउनु भनेको सत्ता गठबन्धनलाई नै टुटाउने षडयन्त्र भएको भन्दै निधि प्रस्तावको पक्षमा छैनन् ।

bimalendra-nidhi sher bahadur deuwa

देउवा निकटकै अर्का नेता एनपी सावद पनि कार्कीलाई तत्काल महाअभियोग लगाउन नुहने पक्षमा छन् । देउवा निकटका अरु नेता मन्त्री हुने र पद प्राप्त गरे पनि सावद पनि यसपटक मन्त्रीमा अटाउन सकेनन् । सोहीकारण उनी असन्तुष्ट रहेको बताइन्छ ।

कार्कीलाई हटाउने पक्षमा को को ?
देउवा पक्षबाट कार्कीलाई हटाउने पक्षमा देउवाका अर्का विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की पनि छन् । कार्की महाअभियोग सिफारिस समितिमा सदस्य छन् । उनी खुल्न चाहेका छैनन् तर, कार्कीलाई हटाउने पक्षमा छन् । युवा नेता विश्वकप्रकाश शर्मा अब एकैछिन् पनि कार्कीलाई राख्न नहुने पक्षमा छन् । अदालत, संसदभन्दा माथि रहेको भन्दै दम्भ दिने कार्कीलाई फेरि राखिए कांग्रेसको लागि भूल हुने चेतावनी उनले दिइसकेका छन् ।

पौडेल पक्षबाट हटाउनेमा को को ?
पौडेल पक्षबाट धनराज गुरुङ, बद्री पाण्डेसहितका युवा नेता लोकमानलाई बचाउँनै नहुने पक्षमा छन् । लोकमानलाई राख्न नहुनेमा यी नेताहरुले खुल्ला भाषण गर्दै आएका छन् । संसद र अदालतलाई असहयोग गर्ने कार्की पहिलेका राजाभन्दा पनि माथि देखिएको भन्दै अब लोकमानलाई बोक्न नहुने उनीहरुले बताउँदै आएका छन् ।

यो हेर्नुस्ः महाअभियोग एमाले र माओवादीको मात्र एजेण्डा होइन- धनराज गुरुङ

पौडेल पक्षबाट कार्की बचाउनेमा को को ?
पौडेल पक्षबाट कार्कीलाई बचाउनुपर्छ भन्नेमा डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, गुरु घिमिरे र सांसद अमरेशकुमार सिंह छन् । देउवाहुँदै अहिले पौडेल पक्षमा रहेका रिजाल पनि कार्कीलाई बचाउन भित्रभित्रै लागेको स्रोत बताउँछ । उनले २५ जना बोल्दा केन्द्रीय समितिमा त बोलेनन् तर, कार्कीलाई हटाउन नहुनेमा लागिरहेको बुझिन्छ ।

kp oli sher bahadur deuwa ramchandra paudel samsad 6363206

अर्का नेता डा. शेखर कोइरालाले हतारमा लोकमान हटाउने निर्णय गर्न नहुने केन्द्रीय समितिमा नै बताएका थिए । सत्तारुढ र प्रतिपक्षी मिलेर ल्याइएको महाअभियोगको प्रस्ताव नै अपत्रिव भएको उनको आरोप छ ।

अर्का नेता गुरु घिमिरे भने हिजो लोकमानलाई बोक्ने दलहरु अहिले एक्कासी मिल्न खोज्नुुलाई षडयन्त्रको संज्ञा दिन्छन् । हिजो लोकमान ठीक भन्दै उनलाई बोकेका दलहरु एक्कासी रातारात कसरी उनैलाई महाअभियोग लगाउने अवस्थामा आइपुगे भन्ने नै षडयन्त्रको विषय भएको बताउँछन् । लोकमानको अवस्था के हुने भन्ने भन्दा पनि दलका नेताहरुको दोहोरो मापदण्ड र आफू अनुकूल नहुँदा पहिले ठीक भएको व्यक्ति पछि ठीक नहुने भन्दै तीव्र असन्तुष्टी व्यक्त गर्छन् । मंगलबार हुने केन्द्रीय समितिको बैकठमा घिमिरे लोकमानमाथि लागेको अविश्वास प्रस्तावको विपक्षमा उभिने तयारी रहेको बुझिन्छ । व्यक्ति भन्दा पनि प्रवृत्तिको कुरा उठाउने तयारीमा उनी छन् ।

सिटौला पक्ष एकजुट
कांग्रेसमा तेस्रो पक्षका रुपमा आफूलाई स्थापित गर्न खोज्दै दाउ हेर्दै आएको कृष्णप्रसाद सिटौला पक्षले लोकमान प्रकरणमा आफूलाई उदाउँदो कांग्रेस शक्तिका रुपमा स्थापित गर्ने प्रयत्न गरेको छ । अरु राजनीतिक मुद्दा नभए पनि लोकमान प्रकरणमा जनस्तरमा उठेको लोकमान विरोधी कित्तामा आफूलाई उतार्दै सिटौला पक्षले फरक धार देखाएको हो ।

krishna-sitaula-walking

सिटौला स्वयं, अर्का नेता गगन थापा र अर्का युवा नेता प्रदीप पौडेल खुलेरै लोकमानविरुद्ध ‘विषवमन’ गरिरहेका छन् । केन्द्रीय समिति बैठकमा यी तीनै जना नेताले लोकमान लोकतन्त्रकै लागि खतरा भएको भन्दै हिजो उनलाई गरिएको नियुक्तिको अपराध आज उनलाई हटाएर अपराध पखाल्नुपर्ने बताउँदै आएका छन् । संसदमा अघि बढेको लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेस चुके जनमानसमा नै कांग्रेसको छवि धूमिल हुने भन्दै उनीहरुले नेतृत्वलाई तीव्र खबरदारी गर्दै आएका छन् ।

लोकमानलाई हटाउन सके आफ्नो मुद्दा स्थापित हुने यसै सकारात्मक अभियानको बलमा संगठनमा स्थापित हुने सोच र तयारी सिटौला पक्षको छ ।