१० पुष, काठमाडौं । देशभर लगातार चिसो बढेको छ । काठमाडौंको तापक्रम बर्षकै कम भएको छ । काठमाडौंको तापक्रम आज विहान शून्यमा झरेको हो ।

विहानको न्यूनतम तापक्रम शून्य दशमलब ९ डिग्री सेल्सियस कायम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लामा पनि अत्यधिक चिसो भएको छ । आज विहानको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । विभागले अझै केही दिन तापक्रम घट्ने अनुमान गरेको छ ।
घाम देख्न नपाएका तराईका जिल्लाका नागरिक चिसोबाट सबैभन्दा धेरै प्रभावित भएका छन् । बाक्लो हुस्सु÷कुहिरो लागेकाले मानिसहरु घरबाहिर निस्कन समस्या परेको छ । पश्चिम तराईका कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, मध्यतराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी तथा पूर्वी तराईका महोत्तरी, सिराहा सप्तरी, सुनसरी, मोरङ र झापामा बाक्लो हुस्सुले घाम लाग्न सकेको छैन । महाशाखाले चिसोबाट बच्ने उपाय अपनाउन र अत्यावश्यक नपरी यात्रामा नहिँड्न पनि आग्रह गरेको छ ।
