काठमाडौं,६ बैशाख । काठमाडौंमा अहिले असिनापानी परिरहेको छ । काठमाडौंसहित देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएर हावाहुरी र असिनासहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी बायुको प्रभावका कारण केहीदिनदेखि देशभर मौसम बद्ली भएर हावाहुरीसहित वर्षा भइरहेको छ । स्थानिय वायु पनि विकसित हुँदा प्रि-मनसुन सकृय भएकोले मौसम बदली भएको मौसमवीद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार यसपटक प्रिमनसुनमै पनि विशेषगरी काठमाण्डौंमा विगतका बर्षहरुमा भन्दा धेरै मौसम बदली भएको छ । (यस्तो छ मौसम विभागको तीन दिनको मौसमी अनुमान)