२१ पुस, काठमाडौं । काठमाडौं उपत्यका स्थित सिंहदरबार, नयाँबानेश्वर र पुरानो बानेश्वर चोकमा ट्राफिक लाइट परिक्षण भइरहेको छ ।

परिक्षणको क्रममा ट्राफिक लाइट बलेका चोकमा लाइटको संकेत अनुसार, लेन अनुशासन पालना गर्दै सवारी साधन चलाउन चालकहरुलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

चोकमा ट्राफिक लाइट हरियो पछि पहेँलो लाईट बलेको अवस्थामा जेब्राक्रसभन्दा पछाडी रहेको सवारी साधन अनिवार्य रोक्नु पर्नेछ । यस्तै, रातो बत्ति बलेको अवस्थामा पनि सवारी साधन जेब्रा क्रसभन्दा पछाडीनै रोकिनु पर्नेछ ।