३० बैशाख, काठमाडौं ।

भारतीय दुताबासले कान्तिपुर मिडियामा प्रकाशित समाचारको खण्डन गरेको छ ।

भारतीय दुतबासका अधिकारीले मधेशी नेतासँग गोप्य भेटघाट गरेको भन्ने उक्त समाचार पित पत्रकारिता भएको र यसले भारत र नेपालको सम्बन्धमा असर पार्ने समेत दुतबासको दावी छ ।

Indian Embassy Twitt on Kantipur News

मंगलबार भारतीय दुताबासका चिफ अफ मिसन विनयकुमारले होटल डिलक्समा मधेसकेन्द्रीत दलका केन्द्रीय र स्थानीय नेतासित छुट्टै गोप्य छलफल गरेको समाचार कान्तिपुरमा आएको थियो ।

आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

समाचारमा जनाइए अनुसार नेपालभारत मैत्री संघले राजविराजमा आयोजना गरेको पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटनका लागि भन्दै त्यहाँ पुगेका विनय कुमारले राति भने मधेशी नेताहरुसँग गोप्य छलफल गरेका थिए ।

आन्दोलनको तयारी गर्न मोर्चाको बैठक बस्दै

राजबिराजको होटेल डिलक्समा दुई घन्टासम्म भएको गोप्य भेटमा सरकारलाई धक्का पुर्याउनेगरी आन्दोलन गर्न उनले सुझाव दिएको सहभागीहरुले बताएका छन् ।

उक्त गोप्य भेटमा मधेशी गठबन्धनमा सहभागी दलका जिल्ला नेताहरु सहभागी थिए । अव मधेशमा नभएर राजधानीमा जनजीवन ठप्प हुने गरी आन्दोलन गर्ने सुझाव दुतबासका दोश्रो बरियतामा रहेका ती अधिकारीले दिएका थिए ।