२६ वैशाख, काठमाडौं ।
आफैं नेतृत्वको सरकारमा भएर पनि माओवादीले कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै आत्तिएको एमाले स्थानीय तहको निर्वाचनमा आइपुग्दा झन् आत्तिन पुगेको छ । प्रचण्ड प्रधानमन्त्री बन्दा नै भद्र सहमतिमा स्थानीय तहको निर्वाचन गरेपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।
अहिले स्थानीय तहको निर्वाचन हुन लागेपछि प्रचण्डले देउवालाई प्रधानमन्त्री पद सुम्पने छन् । यस्तोमा एमाले फेरि पनि सत्ता बाहिर रहने भएको छ । फेरि पनि एमाले सत्ता र शक्तिबाट बाहिरै हुने भएपछि एमालेमा छटपटी सुरु भएको छ ।
यसअघि संविधान संसोधनका बेला सत्तारुढ दल र मधेसी मोर्चाबीच विवाद बढाएर सत्ता समीकरण नै परिवर्तन गराउन सकिनेसम्मको विश्वास एमालेको थियो । तर, असन्तुष्टिकाबीच मधेसी मोर्चा एमालेको कित्तामा जानुको सट्टा चुनावलाई सहयोग गर्नतिर लागे ।
सोही कारण ३१ जेठमा स्थानीय तहको निर्वाचन हुँदैछ । सँगै यो सत्ता गठबन्धन फेरि पनि यही गठबन्धन दोहोरिने भएपछि एमालेमा छटपटी सुरु भएको हो । अहिले यो गठबन्धनलाई टुटाउन नसके संसद र प्रदेशको निर्वाचनसम्म यही गठबन्धन हुँदा आफूले सत्तामा बसेर खेल्न नसक्ने बुझाईपछि एमाले आत्तिन पुगेको छ ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनावपछि एमालेको नेतृत्वमा सरकार गठन हुने भन्दै सत्ताको छट्पटी प्रस्तुत गरेका हुन् । दोस्रो ठूलो दल भएर पनि फेरि सत्तामा पुगेर शक्ति आर्जन गर्न नसके आगामी दई चुनावमा कमजोर हुने भएपछि एमालेले अनेक अस्त्र प्रयोग गरिरहेको बुझिन्छ । सोहीकारण पनि एमालेले सम्भावना नै नभएको आफ्नो सत्ता भन्दै प्रचार गरिरहेको हो ।
यो गठबन्धन टुटाउन एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई एमालेले बारम्बार आग्रह गर्दै आएको छ । कांग्रेसले सत्ताबाट बाहिरिने चेतावनी दिए आफूहरुले काँध थाप्ने सन्देश उनीहरुले पुर्याइरहेका छन् । कांग्रेससँग माओवादीको दुरी बढाउलेले दोस्रो चरणको निर्वाचन अघि सत्ता नछोड्न प्रचण्डलाई आग्रह गरिरहेका छन् । सत्ता देउवाको हातमा पुग्दा केही समय उनकै हालीमुहाली चल्ने डरले दोस्रो चरणको निर्वाचनपछि यो समीकरणलाई टुटाउन सकिन्छ भन्ने विश्वास एमालेको छ ।
संविधान संसोधनमा दुई तिहाई तिहाइ पुर्याउन नदिन राप्रपाका केही सांसदलाई बैठकमा अनुपस्थित बनाउन पनि पनि ओलीकै हात रहेको भन्दै प्रचार गरिएको छ ।
साथै, बजेट तत्काल ल्याउन नहुने र पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गर्न नहुने भन्दै एमालेले सत्तारुढ दलमा खेल्न खोजेको छ । यी दुई विषयलाई उरालेर सत्ता गठबन्धनमा असन्तुष्टि पैदान गर्न एमालेले खोजेको छ ।
तर, नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयकुमार गच्छदारसहित तीन नेता मन्त्री बन्दै सरकारमा सहभागी भएपछि सरकार झन् बलियो हुन पुगेको छ । अर्कोतिर एमालेले दोस्रो चरणमा हुने ३१ जेटको निर्वाचन १२ जेठ अगावै सार्न माग गरे पनि सत्तारुढ दलले ३१ जेठमैं गर्नुपर्ने निर्णय गरेपछि प्रतिपक्षी दल एमालेले भनेको केही विषय पनि पूरा नहुनेतर्फ देश अगाडि बढेको छ । यस अघि संविधान संसोधनमा दुई तिहाई नपुगे पनि अब भने सत्तारुढ दलले दुई तिहाई पुर्याएरै संसोधन गरिछाड्ने नीति लिएका छन् ।
यो पढ्नुस्।
यसरी फैलाइयो फेसबुकका संस्थापक मार्क जुकरवर्ग एमालेमा प्रवेश गरेको हल्ला