एजेन्सी।
सुनको मुल्य विश्वमै निकै नै सन्तुलनमा हुने गर्छ। सुनकै मुल्यअनुसार नै मुद्राको मुल्यमा उतार चढाव हुने हुन्छ। त्यसैले नै ठुला ब्याङ्कहरुले आफुसंग भएको पैसालाई सुनको रुपमा सुरक्षित राख्ने गरेका छन्। प्रत्येक देशहरुसंग आफ्नो सम्पत्तिको केही हिस्सा सुनको रुपमा सुरक्षित हुन्छ।
तस्बिरमा देखाइएका दराज र त्यसमा भएका सुन इङग्ल्याण्डको ब्याङको ‘गोल्ड बुलिएन भल्ट’ भित्रको हो। यो भल्टको दराजको प्रत्येक खापामा टनौ सुन छ।
एउटा खापामा भएको सुनको मुल्य करिब ५६ मिलियन डलर भन्दा बढी हुन आउँछ।
यो ब्याङ्क भित्र छिर्नको लागि कयौं सेक्युरेटी चेक हुदै लगिन्छ। सुनको गन्ध नहुने भएकाले भित्र निकै गन्ध रहित वातावरण हुन्छ। सुरक्षाको कारणले बनाइएका मोटो भित्ताले बाहिरको आवाज आउन दिदैन, निकै शान्त हुन्छ यी कोठाहरु।
सुन निकै निस्क्रिय तत्व हो। रासायनिक प्रतिक्रियाहरुमा सुनलाई क्याटालिस्टको रुपमा ज्यादा प्रयोग गरिन्छ। आफैले प्रतिक्रिया नगर्ने भएकोले अन्य रासायनिक प्रतिक्रियामा भने यसले राम्रो क्याटालिस्टको भुमिका निर्वाह गर्नसक्छ।
ब्याङ्कमा राखिएका यी सुनका ढिक्कामा सोही ढिक्काको तौल पनि कुँदिएको हुन्छ। सुनको तौल ट्रोय आउन्स एकाइमा नापिन्छ। १ ट्रोए आउन्समा ३१.१०३ ग्राम हुन्छ।
सुनको प्रत्येक ढिक्कामा नम्बर पनि कुँदिएको हुन्छ। गाडीको नम्बर प्लेट झै सुनको ढिक्कालाई छुट्टा छुट्टै नम्बर दिइएको हुन्छ। सोही नम्बरको आधारमा सुनको किनबेच गरिन्छ। जब सुनको किनबेच हुन्छ तब ब्याङ्कमा भएको त्यो सुनको ढिक्कालाई नभइ त्यसमा कुँदिएको नम्बरलाई आदान प्रदान गरिन्छ।
मानौ एउटा मानिसको खाता कुनै सुनको नम्बर थियो भने अर्को मानिसले त्यो सुन किन्दा, किन्ने मानिसको खातामा सुनको नम्बर ट्रान्सफर गरिन्छ। त्यो सुन भने ब्याङकको कोठामा नै सुरक्षित राखिन्छ।
यो सुनको तौल ४००.०७५ ट्रोय आउन्स (१२.४४३ किलोग्राम) छ। तत्कालको बजार भाउ अनुसार यो सुनको ढिक्काको मुल्य ५ करोड २८ लाख रुपैयाँभन्दा बढी पर्न आउँछ।
को संग कति छ सुन?
विश्व सुन काउन्सीलको सन् २०१५ जुनको तत्थ्यांक अनुसार अमेरिकासंग ८,१३३.५ टन सुन सहित सबैभन्दा बढी सुन भएको देश हो। दोस्रोमा जर्मनी छ, जोसंग ३,३८३.४ टन सुन छ। त्यस्तै इटालीसंग, २,४५१.८ टन, फ्रान्ससंग २,४३५.४ टन, रुससंग १,२५०.९ टन, चीनसंग १,०५४.१ टन, स्वीटजरल्याण्डसंग १,०४०.० टन, जापानसंग ७६५.२ टन, नेदरल्याण्डसंग ६१२.५ टन र भारतसंग ५५७.७ टन सुन रहेको छ।
विश्व सुन काउन्सीलको अनुसार सन् २०१५ को जुन महिनामा नेपालसंग ४.९ टन सुन छ। यो जम्मा रिजर्भको २.९ प्रतिशत मात्र हो।