१६ साउन, काठमाडौं ।

१३ औं महाधिवेशनमा खुल्ला २५ सदस्यमा उठ्दै केन्द्रीय सदस्यमा पराजित भएकी महालक्ष्मी उपाध्याय डिनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

भारतसँग लाठी लिएर भिड्नेहरुलाई एमालेले किन ल्यायो काठमाडौंः यस्तो छ तयारी

सभापति देउवाले नेपाली कांग्रेसको विधानको धारा २१ (ठ) बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

Mahalaxmi Upadhyaya Dia

मकवानपुरकी डिना देउवा निकट नेतृ हुन् । उनी समानुपातिक सांसदसमेत हुन् ।

किन गरे देउवाले मनोनित

यस अघि पनि देउवालाई साथ दिंदै आएकी डिनाले महिला कोटाबाट नलडी खुल्लाबाट केन्द्रीय सदस्यमा उठ्दा पराजित भएकी थिइन् ।

Deuwa Dina

खूल्लातर्फ सुजाता कोइरालामात्र विजयी भएकी थिइन् । देउवाले सरकार गठनका बेला नै मनोनित गर्नुलाई संयोगमात्रै मानिएको छैन । सरकार गठन गर्दा सरकारमा मन्त्री बनाउनुपर्ने दबाबलाई कम गर्न पनि उनलाई मनोनित गरिएको बुझिएको छ । खुल्लामा नतिजेकी डिनालाई की मन्त्री बनाउन की केन्द्रीय सदस्य बनाउन दबाब थियो ।

अझै १० सदस्य मनोनित गर्न बाँकी

सभापति देउवाले महाधिवेशन लगत्तै पदाधिकारीमा उठेका रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापा, चित्रलेखा यादव, अर्जुननरसिंह केसी, उमाकान्त चौधरी र नरहरि आचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । केही समय अघि श्याम घिमिरे, किशोरसिंह राठौर र केशबकुमार बुढाथोकीलाई सदस्यमा मनोनित गरेका थिए । कांग्रेसमा अझै १० केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छन् । विधानमा २१ सदस्य सभापतिले मनोनित गर्न पाउँने व्यवस्था छ ।

तिलाठी घटना २ देशका जनता जुधाउने षडयन्त्र- राजेन्द्र महतो

एक पटक हारिसकेकालाई सदस्यमा मनोनित गर्ने की नगर्ने भन्नेमा कांग्रेसमा एककत छैन । आफू अनुकूल नभए कनिष्ठलाई पनि ल्याउने तर, नभए बरिष्ठ नेतालाई पनि नल्याउने शैली पार्टी हावी भएको कांग्रेस नेताहरु नै बताउँछन् । पदाधिकारीमा उठेर हार्ने ठूला नेतालाई मात्र मनोनित गर्ने परपम्परालाई मिच्दै देउवाले आफू निकटकी डिनलाई ल्याएका हुन् ।

सरकार राजा र भारतले ढालेको होइन, अर्कै हो – बाबुराम भट्टराई