३१ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणका लागि चियापानको घोषणा गरेका छन् ।

संविधानसभाले संविधान पारित गरेर जारी हुने म्याद तय भएपछि ओलीले यसै खुसीयालीमा चियापानको घोषणा गरेका हुन् ।

KP Oli making remarks

संविधानसभाबाट पारित भएको संविधान आगामी असोज ३ गते जारी हुँदैछ । ओलीले आगामी ५ असोजका दिन दशरथ रंगशालामा सर्वसाधारणका लागि चियापान आयोजना गर्नेछन् ।

उनको चियापानमा सर्वसाधारण देखि बिशिष्ट ब्यक्ति सम्म उपस्थित हुने एमाले नेताहरुले जानकारी दिएका छन् ।