८ भदौ, काठमाडौं ।
कैलालीको टिकापुरमा सुरक्षाकर्मी मारिने गरी भएको घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका छन् ।
फोनमा भारतीय प्रधानमन्त्री मोदीले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नरेन्द्र मोदीले कोइरालालाई मंगलबार विहानै फोन गरेर सोमबार भएको घटनाबारे बुझेका थिए ।
कैलाली लगायतका देशमा भैरहेका तनावबारे दुःख ब्यक्त गर्दै मोदीले सबैलाई संयम अपनाउन र शान्ति कायम राख्न समेत आग्रह गरेको भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक दुरुपयोग भएको भन्दै रमेश खरेलको चेतावनी (पूर्ण पाठ सहित)
नेपालमा शान्ति सुरक्षा कायम राख्न भारतबाट हुन सक्ने सबै सहयोग गर्न तयार रहेको बताउँदै मोदीले वार्ताबाट असन्तुष्ट पक्षको माग सम्बोधन गर्न समेत आग्रह गरेका हुन् ।
कैलालीमा सीमापारीबाट समेत घुसपैठ भएको हुन सक्ने आशंका नेपालमा चलिरहेको समयमा मोदीको फोनलाई महत्वका साथ हेरिएको छ ।