८ भदौ, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली घट्ना भड्किनुमा एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको समेत हात रहेको आरोप लगाएका छन् ।

बाबुराम भट्टराईले ट्वीटमार्फत सामाजिक सदभाव भड्किने खालका अभिब्यक्ति दिएको देउवाको आरोप छ । बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेल गरेर देउवाले आफूविरुद्ध प्रचार गरिएको भन्दै आक्रोश पोखे ।

sher bdr deuba talking

बाबुराम भट्टराईले आफ्नो पदीय मर्यादा भुलेर यस्ता चर्चा गरेको समेत उनले आरोप लगाएका छन् ।

देउवाले आफूलाई थारु अधिकारका लागि लडेको र थारुलाई अधिकार दिलाएको दावी समेत गरे ।

baburam on tharu savasad

थारु सभाषद बालुवाटार पुगेपछि एमाओवादी नेता बाबुराम भट्टराईले थारु सभाषदले थारुलाई एक इन्च पनि जमिन दिन्न भन्ने पार्टीका नेतालाई नियन्त्रण गर्न माग गरेको ट्वीटरमार्फत जानकारी दिएका थिए ।