५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा केही विदेशी नागरिकसहित ६ जना टेकु अस्पताल भर्ना भएका छन् ।

अमेरिका, आयरल्याण्ड, इटलीबाट आएका विदेशी र नेपाली नागरिक कोरोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका हुन् । उनीहरु कोरोना संक्रमित देशबाट आएका र लक्षण मिल्दोजुल्दो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनीहरुमध्ये एक जनालाई आइसियु र बाँकी पाँच जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले बताए ।

पाँच वेडको आइसोलेसन वार्ड भरिएको छ । उनीहरुको पहिलो पटकको परीक्षण नतिजा नेगेटिभ आएपनि दोस्रो पटक फेरि परीक्षण गरिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आज साँझसम्म आउने डाक्टर बास्तोलाले बताए ।