९ चैत, काठमाडौं । कोरोना भाइरसको संभावित जोखिम कमगर्नका लागि सावधानी अपनाइएको छ । सरकारले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ भने काम नपरी घरबाहिर ननिस्कन अपिल गरेको छ ।

राजनीतिक दलका शीर्ष नेताहरु पनि होम क्वारेन्टाइनमा बसिरहेका छन् । संक्रमणबाट जोगिन होम क्वारेन्टाइन भनेको घरबाहिर ननिस्कनु र घरभित्रै पनि बाहिरका मानिसहरुसँगको घेटघाट बन्द गर्नु हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता भेटघाट रोकेका छन् । सधैंजसो व्यस्त रहने दैनिकी होम क्वारेन्टाइनले बदलेको छ ।
उनी सधैंजसो विहान टेबलटेनिस खेल्छन् । शरीरलाई तन्दरुस्त र फुर्तिलो राख्नका लागि प्रचण्ड टेबलटेनिस खेल्ने गर्छन् । खुमलटारस्थित निवासमा आइतबार विहान भने उनी फरक रुपमा देखा परे । उनले निवासकै प्राङ्गणमा साइकल कुदाएका हुन् ।