१७ चैत, एजेन्सी । कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित इटलीमा अहिलेसम्म ६१ जना डाक्टरल ज्यान गुमाइसकेका छन् ।
इटालियन डक्टर्स एशोसियसनका अनुसार ८ हजार ३ सय ५८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मृतक ६१ जनामध्ये ४० जना लोम्बार्डी क्षेत्रमा कार्यरत डाक्टर हुन् । लोम्बाडी कोरोनाको संक्रमणका कारण नराम्ररी प्रभावित भएको क्षेत्र हो ।
इटलीमा अहिलेसम्म ९७ हजार ६ सय ८९ जना संक्रमित भेटिएका छन् । जसमध्ये १० हजार ७ सय ७९ जनाको मृत्यु भइसकेको छ । ३ हजार ९ सय ६ जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने ७३ हजार ८ सय ८० जना अहिले पनि उपचार गराइरहेका छन् ।