१४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिएका छन । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनपछिको निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुदैछ ।