११ फागुन, एजेन्सी।

सोनाक्षी सिन्हा र रणवीर सिंहको फिल्म लुटेरामा ‘सवार लुं’ गित गाएर चर्चामा आएकी गायिका मोनाली ठाकुरको अहिले चर्चा छ। चर्चित रियालिटी शो ‘राइजिङ स्टार’ जज गर्दै रहेकी उनले छोटो लुगा लगाएको भन्दै सामाजिक सञ्जालमा भद्धा कमेन्ट गरिएपछि मोनालीले जमेर जवाफ दिएकी हुन।

एक फ्यानले सामाजिक सञ्जालमा ‘तपाई राइजिङ स्टारमा निकै राम्रो गर्दै हुनुहुन्छ। तर शोमा तपाईको ड्रेसिङ सेन्स हामीलाई पटक्कै मन पर्दैन। किनकी तपाइ त्यहाँ केवल छोटो ड्रेस लगाएर आउनुहुन्छ’ लेख्दै करोडौं मान्छेले हेर्ने शो भएकाले ड्रेसिङ सेन्समा ध्यान दिन भनेपछि मोनालीको कडा प्रतिक्रिया आएको हो।

फ्यानको यस्तो प्रतिक्रिया पछि मोनालीले लेखिन, ‘तपाई जस्तो बेवकूफलाई ब्लक गर्नु भन्दा पहिले भन्न चाहन्छु कि म तपाइ जस्तो सोच्दिन। मेरो कपडाले असहज हुन्छ भने त्यो तपाईको विकृती हो। यसको म जिम्मदारी लिन्न।’

मोनाली लेख्छिन्, ‘जुन खुट्टा हेरेर असहज महसुस हुन्छ सोही खुट्टाले कम्मरमा किक हान्न सक्छ।’

यसपश्चात मोनालीको यो पोस्ट सामाजिक सञ्जालमा ट्रेन्ड भइरहेको छ।