५ कात्तिक । काठमाडौं
प्रमुख प्रतिपक्षी दलले हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव ल्याउँदा वित्तिकै एक कदम अघि सरेर समर्थन गरेका युवा नेताहरु गगन थापा र विश्वकप्रकाशलाई चुनौति दिंदै अर्का युवा नेता गुरुराज घिमिरले उनीहरुलाई स्यालहुइयाको पछि लागेको आरोप लगाएका छन् ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो अर्कै प्रस्ताव

संसदको सबैभन्दा ठूलो दललाई थाहा नै नदिई कुनै व्यक्तिलाई हटाउनभन्दै हतारमा ल्याइएको प्रस्तावमा अचानक कांग्रेसकै नेताहरु पछि लाग्नु स्यालहुइया भएको भन्दै घिमिरे यसमा विदेशी माफियाको संलग्नता भएको आरोप लगाउँछन् । हिजो लोकमानलाई नियुक्ति गर्न प्रमुख तीन दलले नै सही ठोकेको भन्दै आज हचुवामा हटाउनुपर्छ भन्नेमा कुनै दम नभएको उनी बताउँछन् ।

gururaj-ghimire-nepali-congress1

‘संसदमा कांग्रेस मुख्य पार्टी हो । ठूलो पार्टी हो । ठूलो पार्टीले प्रतिपक्षीले ल्याएको प्रस्तावलाई विश्वमा कहीं पनि समर्थन गर्दैन’ घिमिरेले नेपाली हेडलाइन्ससँग भने, ‘लोकमानले ज्यादती गरेको भनिएको छ । तर, उनीमाथि लागेका चार्जसिट प्रमाणिात हुनुपर्छ । प्रमाणित हुन्छ भने ठीक छ महाअभियोग लगाउन सकिन्छ होइन भने हाम्रो जस्तो पार्टी प्रतिपक्षीको पछि लाग्ने होइन ।’

कार्कीलाई जोगाउन राता रात सक्रिय

गगन र विश्वप्रकाश जस्तै आफू लोकमानलाई तुरुन्त हटाउन पर्छ भनेर नबोल्ने भन्दै उनी ‘लोकमानलाई हटाउँदा मुलुक स्वर्ग बन्दैन’ भन्छन् । आज गोविन्द केसीले कार्कीलाई हटाउनपर्छ भन्दै अनसन बस्ने र भोलि उनै केसी लोकसेवा प्रमुख हटाउन पनि अनसन बस्ने भन्दै कोही भ्रष्ट भए राज्यका नियम, कानुन र प्रक्रिया अनुसार हल खोज्नुपर्ने उनको भनाई छ ।

फाइल तस्बिर

फाइल तस्बिर

‘करप्टेडलाई थुन्नुपर्छ चाहे त्यो जुनसुकै पार्टी र मुलुकको उच्च ओहदाको व्यक्ति नै किन नहोस्’ घिमिरे भन्छन्, ‘तर, कोही व्यक्तिको निहीत स्वर्थमामा कांग्रेस प्रयोग हुनु राम्रो होइन । यस्ता प्रवृत्तिमा विदेशी माफियाको संलग्नता छ । यसमा फस्न हुँदैन ।’ आज पनि जारी बैठकमा आफूले हचुवाको भरमा नबोल्ने भन्दै विधि, प्रक्रिया र पद्धतिमा बोल्ने उनी बताउँछन् । गगन र विश्वप्रकाशले बिहीबारको बैठकमा हिजो उनलाई नियुक्ति गर्दा तीन दलले अपराध गरेको भन्दै अविश्वासको प्रस्तावको पक्षमा उभिएर हिजोको अपराधलाई मेटाउने अवसर आएकोले कांग्रेस पक्षमा उभिनुपर्ने मात्र नभएर नेतृत्व नै गर्नुपर्ने बताएका थिए ।

biswaprakash sharma

तर, लोकमानले गरेको कमजोरी छुट्याउने काम सरकारको भएको भन्दै घिमिरे कुनै व्यक्तिको पछि लाग्ने स्यालहुइयाले लोकतन्त्रलाई नै कमजोर पार्ने बताउँछन् । संविधान संसोधन, स्थानीय तहको पुनर्संरचना, चुनाव जस्ता संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारलाई छायाँमा पार्दै यस्ता विषयमा अल्झिंदा जनतामा अन्यौलता र अविश्वास छाउँने घिमिरे बताउँछन् ।