३ असोज, काठमाडौं ।

संविधान जारी हुन केही समय मात्र बाँकी रहँदा खुसीको खवर आएको छ ।

संविधानसभाको मतदान र हस्ताक्षर प्रक्रियाबाट बाहिर रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधानमा हस्ताक्षर गर्न तयार भएका छन् ।

bijaya gachhedar baluwatar

मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झौता भएपछि गच्छदार हस्ताक्षर गर्न तयार भएका हुन् । संघीयताको सीमा विवाद संघीय आयोगलाई दिने विषयमा सहमत हुँदै गच्छदार संविधान जारी गर्ने समारोहमा सहभागी हुन तयार भएका हुन् ।

राजधानीको गोप्य स्थलमा तीन दलका नेता र गच्छदारबीच सहमति भएको बताइएको छ । गच्छदार संविधान जारी गर्ने प्रक्रियामा सहभागी हुँदा मधेशमा जारी आन्दोलन कमजोर बन्ने विश्लेषकहरुले बताएका छन् ।