४ चैत, एजेन्सी । भारतको युपीकाृ हमीरपुर जिल्लामा कोरोना भाइरसको त्रास र जोखिमपछि पोल्ट्री व्यवसाय जोखिममा छ । यसैबीच त्यहाँका पोल्ट्री व्यवसायीहरुले गरिबीको रेखामुनि रहेका र कार्ड लिएर आउनेहरुलाई सित्तैमा कुखुरा दिइरहेका छन् ।
व्यवसायीहरुले उक्त कुखुराको मासु साधारण मानिसहरुको लागि प्रतिकिलो २० रुपैयाँका दरले बेचिरहेका छन् । सित्तैमा कुखुरा पाउने पोस्टर पनि व्यवसायीहरुले पसलमा टाँसेका छन् । पोस्टरमा लेखिएको छ, ‘गरिबीको रेखामुनि वा बिपिएल राशनकार्ड बोक्नेहरुको लागि सित्तैमा कुखुरा ।’
सित्तैमा कुखुरा पाउने भएपछि पसलहरुमा मानिसको भीड बढेको छ । मानिसहरु कुखुरा पाएर एकदमै खुसी छन् । कोरोनाको कारण भारतमा पोल्ट्री व्यसायमा ठूलो धक्का लागेको छ । त्यहाँका कतिपय राज्यहरुमा त ब्यापार ठप्प नै भइसकेको छ । मानिसहरु २० रुपैयाँ किलो कुखुरा बेच्दै मौज्दात सक्न लागिपरेका छन् । ती कुखुराहरु राखिरहँदा लागत बढ्ने भएपछि व्यवसायीहरुले बेच्न लागिपरेका हुन् ।