गिनिज बुकमा रेकर्ड लेखाउन मानिस अनेकन चर्तिकला गर्ने गर्छन्। जुन दुनियाँमा सबैभन्दा विचित्रको हुन्छ वा पहिलो पटक हुन्छ तब लेखिन्छ गिनिज बुकमा नाम। अनौठो शरिर र व्यवहारको कारण कतिपय जनावरको नाम पनि गिनिज बुकमा लेखिएको छ।

अष्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै एक व्यक्तिले अनौठो भेँडा भेटे। आफ्नो शरिरमा ४० किलो उन लिएर हिडेको सो भेँडा राम्रोसंग हिड्न पनि सकेको थिएन। जब ट्यामी नामका ती व्यक्तिले सो अनौठो भेँडाको उन जोखे तब विश्व रेकर्ड नै बन्न पुग्यो। पछिल्लो रेकर्ड (२९ किलो) लाइ पछि पार्दै शरिरमा सबैभन्दा बढी उन भएको (४० किलो) भेँडाले गिनिज बुकमा नाम लेखायो। ट्यामीले यो भेँडाको नाम ‘क्रिस’ राखिदिएका थिए।
सबैभन्दा लामो सिंगको रेकर्ड

टेक्सासको ग्रीनलीफको यो गोरुले सबैभन्दा लामो सिंगको कारण गिनिज बुकमा नाम लेखाएको छ। यसको सिग ९ मिटर ८ इन्च रहेको छ।
विश्वकै अग्लो गाइ
ब्लोसम नामको यो गाइको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सामेल छ। धेरै दुध दिने भएर होइन, सबैभन्दा अग्लो गाइ भएर यसले रेकर्ड राखेको हो। ६ फिट ४ इन्च अग्लो यो गाइ अहिले मरिसकेको छ।
सबैभन्दा लामो कान भएको कुकुर

कोलोराडोको बोल्डरमा एउटा आठ वर्षको कुकुर छ जसको नाम हार्बर हो। यसको बाँया कान १२.२५ इन्च र दाँया कान १३.५ इन्च लामो छ। यो कुकुरले सबैभन्दा लामो कान भएको कुकुरको शिर्षकमा गिनिज बुकमा नाम लेखाएको छ।
विश्वकै सबैभन्दा तेज कछुवा
उत्तर क्यारोलीनाको यो कछुवाको नाम पनि गिनिज बुकमा लेखिएको छ। ०.६ माइल प्रतिघन्टाको रफ्तारमा यसले सबैभन्दा तेज कछुवाको रेकर्ड बनाएको हो। यसलाई १०० मिटरको दौडको समाप्त गर्न ६ मिनेटको समय लागेको थियो।
विश्वको सबैभन्दा लामो घरपालुवा सर्प

७.६७ मिटर लामो सर्प फुल मुन प्रोडक्सनको पालतु सर्प हो। मेडुसा नामको यो पाइथन ८ वर्षको छ र १५८ किलोग्राम तौल रहेको छ। खरायो, मुसा तथा हरिण खाने दिइने गरेको यो सर्पले विश्व सबैभन्दा लामो घरपालुवा सर्पको शिर्षकमा गिनिज बुकमा नाम लेखाएको छ।
विश्वकै सबैभन्दा होचो गाइ
मणिक्यम ६ वर्ष उमेरको गाइ यो। ६१.५ सेन्टिमिटर मात्र अग्लो यो गाइ विश्वकै सबैभन्दा होचो गाइ बनी गिनिज बुकमा नाम लेखाएको छ।