१२ कात्तिक, काठमाडौं ।
अघोषित नाकाबन्दी गरिरहेको भारतले गोर्खा सैनिकहरुको समेत पेन्सन रोकेको भन्दै समाचार प्रकाशित भएपछि भारतीय दुताबासले यस विषयमा विज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ ।
दुताबासले गोरखा, तुर्तुरे, लमङजुको बेँसीशहर, पाल्पा, भोजपुर तथा तेह्रथुममा पेन्सन क्याम्प सञ्चालन गरेर पेन्सन वितरण भैसकेको र सुर्खेत, कोहलपुर तथा दाङमा भने त्यहाँ उत्पन्न अशान्तिका कारण पेन्सन क्याम्प आगामी डिसेम्बर सम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
भारतीय दुताबासले गोर्खा पेन्सनरहरुको सुरक्षा, र सुविधालाई प्रमुख ध्याद दिएको स्पष्ट पार्दै दुताबसले टाढा टाढा सम्म हिँडेर पेन्सन क्याम्प सम्म जानु पर्ने कुरा पनि स्मरण गराएको छ ।
