५ पुस, गौर ।

हिँजो देखि तनावग्रस्त रहँदै आएको रौतहटको सदरमुकाम गौर आज पनि तनावपूर्ण छ । प्रहरीले आफूमाथि ढुंगा प्रहार नगर्न र गरेमा गोली चलाउन बाध्य हुने चेतावनी दिएको छ ।

भारतीय साप्ताहिक सम्पादकीयः ‘नाकाबन्दी काम नलाग्ने, अनैतिक र खतरनाक’

गौर बजारमा माइकिङ गर्दै प्रहरीले यस्तो चेतावनी दिएको हो । गौरको बीपी चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले माइकिङ गरेर यस्तो चेतावनी दिएको छ ।

जापानी प्रधानमन्त्रीलाई स्वागत गर्दा उत्तर प्रदेशलाई भनियो ‘बुद्ध भूमि’

प्रहरीले २ राउन्ड हवाइ फायर गरिसकेको छ । शनिबार रौतहटमा भएको झडपमा ११ प्रहरी र १ आन्दोलनकारी घाइते भएका थिए । मधेशी मोर्चाले आन्दोलन चर्काउने घोषणा गरेपछि बीरगञ्ज, गौर र लाहान तनावपूर्ण बनेका छन् ।