बलिउडमा प्रतिश्पर्धा निकै भएको कारण चर्चामा आउन अनि मिडियामा छाउन मोडल तथा नायिका अंग प्रदर्शनको बाटो रोज्छन्। तर सबैको भाग्य प्रियंका चोपडा, ऐश्वर्या राय, लारा दत्ता वा सुष्मिता सेन जस्तो हुदैन न त मिस इन्डियाको ताज पहिरिएर बलिउडमा पाइला टेक्नासाथ सुपरहिट बन्न नै सजिलो छ। जूही चावला, जीनत अमन, मिनाक्षी शिशाद्री जस्ता नायिकाहरुले ताज जितेपछि बलिउडमा आफ्नो स्थान त बनाए तर यी नायिकाहरुको सुन्दरता यीनका फिल्महरुमा झल्कन सकेन। तर केही यस्ता नायिकाहरु छन् जसले मिस इन्डियाको ताज पहिरिएर पनि बलिउडमा शुन्य झै उपलब्धि हासिल गरे।
तनुश्री दत्ताले सन् २००४ मा मिस इन्डियाको ताज पहिरिएकी थिइन्। लगतै सन् २००५ मा इमरान हाश्मीको साथमा ‘आशिक बनाया’ बाट उनले बलिउडमा पाइला टेकिन। तर उनको बलिउड यात्रा धेरै अगाडी बढ्न सकेन। पहिलो फिल्ममै टपलेस सिन समेत खिचाएकी तनु अभिनय करिअरमा खरो उत्रन सकिनन्।
सारा जेन डायसले जब २००७ मा मिस इन्डियाको ताज जितिन तब बलिउडमा आए धमाका मच्चाउने सबैको अट्कलबाजी थियो। सन् २०११ मा फिल्म ‘गेम’ बाट बलिउडमा पाइला टेकेकी सारा नराम्रोसँग असफल भइन। फिल्ममा बोल्ड सिन समेत दिन तयार भएकी साराको कुनै हिट फिल्म त्यस पश्चात आउन सकेन।
सन् २००७ मा मिस इन्डिया युनिभर्सको ताज जितेकी पुजा गुप्तालाई फिल्ममा आउन चार वर्ष लाग्यो। उनको पहिलो फिल्म ‘फालतु’ नै बक्स अफिसमा राम्रो चलेन।
सन् २००४ को मिस इन्डिया वर्ल्डकी विजेरा सयाली भगतले सन् २००७ मा इमरान हाश्मीसंग ‘द ट्रेन’ बाट बलिउडमा डेब्यु गरिन। फिल्म नराम्रोसंग फ्लप भयो। उनी फिल्म ‘यारिया’ मा पनि देखिएकि थिइन, सो फिल्मपनि सफल भएको थिएन।
नेहा धुपिया पनि यीनै असफल नायिका मध्येकी एक हुन। सन् २००२ मा ताज पहिरिएकी नेहाले सन २००३ मा फिल्म कयामत बाट बलिउडमा पाइला टेकेकी थिइन। फिल्म राम्रो जान सकेन। बोल्ड सिन दिनमा अप्ठ्यारो नमान्ने नेहाले केही फिल्ममा भुमिका राम्रो निभाएकी थिइन तर सफल नायिकाको सुचीमा उनी पर्न सकिनन्।
सन् २००१ मा फेमिना मिस इन्डिया युनिभर्सको ताज पहिरिएकी सेलिना जेट्ली २ वर्षपछि फिल्म ‘जानाशीन’ बाट बलिउडमा आइन। तर फिल्मले उल्लेख्य सफलता पाउन सकेन। त्यसपश्चात आएका फिल्मले पनि उनलाई बलिउड करिअरमा माथी लैजान सकेन।