२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चितुवाको छालासहित एक जनालाई आज पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले शंखमूलबाट रामेछापका जीवन माझीलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो ।
माझीलाई चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ल्याई खरिद बिक्री गर्न भनी हिँडेको अवस्थामा पक्राउ गरिएको हो ।

माझीले अपराध प्रमाणित भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि १९७५ अनुसार रु २० हजार जरिवाना वा छ महिना कैद वा दुवै भोग्नुपर्ने प्रहरीले जनाएको छ ।