१२ कात्तिक, मुस्ताङ ।

मुस्ताङको कोरला नाकाहुँदै तिब्बत प्रवेश गर्न लागेका चार तिब्बती नागरिकलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

एक हप्ता अघि पक्राउ गरिएका उनीहरुलाई नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड र काठमाडौँको बौद्ध क्षेत्रमा बस्दै आएका उनीहरुलाई अवैधरुपमा चीन प्रवेश गर्न लागेको भन्दै चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक अर्जुन श्रेष्ठले बताए ।

भारतीय नेताको टिप्पणी – मोदीले नेपालमा हारे !

“उनीहरुलाई हामीले सोधपुछ गर्दा हाम्रा आफन्त उता छन्, त्यतै जाने भन्छन्, तर अहिले त्यो व्यवस्था छैन, सोधपुछपछि रिहा गरेका छौँ”– आधा नेपाली र आधा तिब्बती भाषा बोल्न जान्ने उनीहरुलाई मुस्ताङ सदरमुकाम जोमसोममा रहेको शरणार्थी शिविरमा छाडिएको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भने ।

नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतीय मिडियामा रुन्चे प्रतिक्रिया

कोरला नाकाबाट तिब्बत प्रवेश गरी चीन विरोधी गतिविधि सञ्चालन गरेको भन्दै केही वर्षयता चिनियाँ पक्षले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । चिनियाँ पक्षको आग्रहबमोजिम नै वर्षको दुईपटक उपल्लो मुस्ताङ र चिनियाँ व्यापारीबीच लाग्दै आएको सीमा व्यापार मेला पनि एक वर्षदेखि वर्षको एकपटक मात्र हुँदै आएको छ । रासस