१ भदौ, बेइजिङ ।
चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री ली खच्याङसँग भेटवार्ता गरेका छन् । महराले चिनियाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएका छन् ।
प्रचण्डको युनिक घोषणाः लोकप्रिय हुन सक्छन्
चिनियाँ प्रधानमन्त्रीले नेपाल भ्रमणको निमन्त्रणाका लागि धन्यवाद दिएका थिए । प्रधानमन्त्री लीले नेपाल भ्रमण गर्ने कि नगर्ने भन्ने बारे स्पष्ट जवाफ नदिएपनि उनले निमन्त्रणाका लागि धन्यावाद दिएको महरासँग रहेको टोलीका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री लीले बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा नेपाल भ्रमण गरेका थिए । आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति नेपाल आउने चर्चा छ ।

महराले चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत पनि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
“हुँदैन” भनेका प्रचण्डलाई नारायणकाजीले भने- म काँग्रेससँग कुरा मिलाउँछु
महरा र खच्याङ बीच दुई पक्षीय हितका थुप्रै विषयमा कुराकानी भएको बताइएको छ । चीनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको स्वागत गर्दै नेपाललमा स्थायित्व चाहेको चिनियाँ प्रधानमन्त्रीले महरालाई बताएका थिए ।
चीनबाट आएको संकेत प्रचण्डका लागि सुखद् !
प्रचण्ड प्रधानमन्त्री भएपछि २ पटक चीन अगाडी
जवाफमा महराले वर्तमान सरकारले चीनसँग सम्बन्ध अझै सुद्धृढ गर्न चाहेको र पूर्ववर्ती सरकारले गरेका विभिन्न सम्झौता कार्यन्वयन गर्दै थप सहकार्यका लागि मार्ग प्रशस्त गर्ने बताएका थिए ।
भेटपछि जारी विज्ञप्तिमा के भनिएको छ ?
चिनियाँ प्रधानमन्त्री लि खच्याङले नेपाल र चीनबीच सँधै ब्यवहारिक सम्बन्ध रहेको बताएका छन् । नेपाल सरकारको विशेष दुत बनेर चीन पुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बुधबार विहान भएको भेटमा प्रधानमन्त्री खच्याङले यस्तो बताएका हुन् ।
ओली सरकारको निर्णय उल्ट्याउने प्रचण्ड सरकारको निर्णय सर्वोच्चले उल्ट्यायो
महरा र खच्याङबीच भएको भेटपछि बेइजिङस्थित नेपाली दुताबासले जारी गरेको विज्ञप्तिमा विशेष दुत महराले चीनका राष्ट्रपति र प्रधानमन्त्री खच्याङ स्वयंमलाई पनि नेपाल भ्रमणको निम्तो दिएको उल्लेख छ ।
बेइजिङको झोङन्हाइस्थित चिनियाँ प्रधानमन्त्रीको कार्यालयमा भएको भएको उक्त भेटपछि जारी विज्ञप्तिमा चीन नेपालमा सँधै सहकार्य बढाउन उत्सुक रहेको चिनियाँ प्रधानमन्त्रीले बताएको भनिएको छ ।
सरकारलाई सर्वोच्चले भन्यो- राजदुत सिफारिस फिर्ताको निर्णय कार्यन्वयन नगर
महरासँग परराष्ट्र मन्त्रालयका सहसचिव तथा नर्थइष्ट एसिया डिभिजन प्रमुख झविन्द्र अर्याल र बेइजिङस्थित नेपाली दुताबासका चार्ज डे अफेयर्स हरिशचन्द्र घिमिरे लगायतका अधिकारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
चीनबाट शुरुमै गुडविल जेष्चरः
नेपाल सरकारका विशेष दुत बनेर चीन जानु अघि नै महरालाई चीनले गुडविल जेष्चर (सदभाव संकेत) दिएको थियो । महरालाई विदाइ गर्न चिनियाँ राजदुत वु चुन्ताइ विमानस्थल पुगेका थिए । महरालाई पुर्याउन चिनियाँ राजदुत विमानस्थल पुग्नुलाई चीनले दिएको उच्च महत्व दिएको देखिएको छ ।

चीन प्रस्तान गर्ने दिन चीनको प्रमुख सरकारी समाचार एजेन्सी सिन्हुवाले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको लामो अन्तर्वार्ता प्रकाशित भएको थियो । सिन्हुवासँग महराले राजनीतिक परिदृष्यमा आएको परिवर्तन पछि बनेको नयाँ सरकारले चीनसँग सम्बन्ध थप सुद्धृढ र विस्तार गर्न चाहेको बताएका छन् । प्रचण्ड सरकारले चीनसँग सम्बन्ध सृद्धिढीकरणका लागि हरेक प्रयास गर्ने पनि महराले चिनियाँ सञ्चार माध्यमलाई बताएका छन् ।
सिन्हुवासँगको अन्तर्वार्तामा महराले भनेका छन्, “निकट र मैत्री छिमेकीको नाताले चीनबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेर विकाशका लागि समर्थन र सदभाव चाहन्छौं। हामी चीनसँग सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धमा छौं त्यसलाई अझै उचाइमा पुर्याउन चाहन्छौं”।