३० मंसिर, काठमाडौं । उदयपुरको बेलकामा चिसोले एक जना मृत फेला परेको छ । रामपुर–भागलपुर सडक खण्ड अन्र्तगत बेलका नगरपालिका–९ को तामाङ टोलमा विहान करिब ६ः१५ बजे कृष्णबहादुर नेपाली मृत फेला परेको हो ।

सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ कालाबन्जर बहत्तरविघा स्थाई घर भई हाल चौदण्डिगढी नगरपालिका–४ ससुराली बस्दै आएका ५२ वर्षीय नेपाली मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनका श्रीमति पनि विरामी छन् । मृतक र एक छोरा संगै मागेर खाने क्रममा सोमबार चिसोको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाई दाजु इन्द्र बहादुर सार्कीले बुझेको छ । भने मृतकसँगै रहेका छोरा पनि दाजु इन्द्र बहादुर सार्कीले बुझेर लगेको प्रहरीले जनाएको छ ।