१४ असार,एजेन्सी।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसंग महत्वपुर्ण भेटघाट गरे । दुबै नेताले एक अर्का खूबै प्रशंसा समेत गरे। मोदीले ट्रम्पलाई अंगालो हालेको तस्विरले इन्टरनेटमा पनि राम्रै बजार लियो। तर छिमेकी चीन भने भारत र अमेरिकाको बढ्दो हिमचिमबाट थप चिढिएको संकेत दिएको छ।

 

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम ग्लोबल टाइम्सले भारत र अमेरिकाको बढ्नो आत्मियताले भयाभह परिणाम ल्याउने चेतावनी दिएको छ।

 

चीनलाई काउन्टर गर्न अमेरिकासंग नजिकिने भारतीय प्रयास स्वयम भारतको हितमा नहुने र त्यसले बिनाशकारी नतिजा ल्याउने ग्लोबल टाइम्सले लेखेको छ।

 

‘चीनको प्रगतिबाट भारत अमेरिका दुबै खुसि छैन् ।केही वर्ष यता चीनमाथि भुराजनैतिक दबाब बढाउन अमेरिका भारतसंग नजिकिकै छ’-ग्लोबल टाइम्स लेख्छ।

 

पत्रिका थप लेख्छ-‘जापान र अष्ट्रेलिया झै भारत अमेरिकाकको स्वभाविक साझेदार होइन्। अमेरिका रणनीति अन्तर्गत उसको बाहिरी चौकीको रुपमा आफूलाई राख्नु भारतीय हितमा छैन्। र यसले भयाभह परिणाम दिन सक्दछ।’

र  यो पनि पढ्नुस सिक्किम सीमाबाट सेना हटाउन चेतावनी दिँदै चीनले बन्द गर्यो भारतीय नाका