५ असोज, पोखरा ।
लामो समयदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका नेपाली पाइलट वैशाखअघि निकै व्यस्त थिए । ‘सिजन’ र ‘अफसिजन’ बाह्रैमास पर्यटक आउँदा पाइलटलाई भ्याई नभ्याई थियो । जब भूकम्प गयो, नेपालमा रहेका सबै विदेशी फर्किए । आउने तयारीमा रहेका पनि रोकिए ।
एकाएक पाहुना अभाव भएपछि प्याराग्लाइडिङ उडाइरहेका नेपाली पाइलट कामबिहीन भए । नेपालमा तत्काल पाहुना आउने संकेत नदेखेपछि विदेसिन थाले । धेरैजसो छिमेकी चीन हानिए, त्यतै काम सुरु गरे ।
गत जनवरीमा चीनका विभिन्न सहरमा प्रवर्द्धनात्मक उडानका लागि गएका उनीहरु मेपछि व्यवसायिक उडानमा गएका हुन । तत्काल पर्याप्त पर्यटक आउने सम्भावना नदेखेपछि बिदेसिनुपरेको उनीहरुको भनाइ । ‘पोखरा यतिबेला सुनसान छ तर, हाम्रो काम पर्यटकलाई उडाउने हो,’ चीनमा प्याराग्लाइडिङ उडायन थालेको शंकर पराजुलीले बताए । आजको नागरिकमा खबर छ ।