८ मंसिर, एजेन्सी।
पाँचसय मिटर व्यास भएको विश्वकै सबैभन्दा ठुलो रेडियो टेलिस्कोपको निर्माण अन्तिम चरणमा पुगेको छ।
‘FAST’ (Five Hundred meter Aperture Spherical Telescope) नाम दिइएको सो टेलिस्कोप चीनको उत्तर पश्चिम स्तिथ गुइजोउ प्रान्तमा निर्माण प्रकियामा छ।
चीनले यो टेलिस्कोप पछिल्लो पाँच वर्ष देखि बनाउदै आएको छ। सन् २०१६ सेप्टेम्बर सम्म यसको निर्माण सकिने गरि काम भइरहेको बताइएको छ।
यो हप्ता टेलिस्कोपको रेटिना सफलतापुर्वक परिक्षण पनि गरिसकिएको छ। चिनियाँ वैज्ञानिकहरु यसमा लगाइएको उपकरणहरु परिक्षण गर्दैछन्। ३०,००० किलोग्रामको एउटा उपकरण परावर्तन गर्ने डिक्स भन्दा १६० मिटर माथी राख्न बाँकी रहेको छ। वैज्ञानिकहरुको अनुसार सो परावर्तन गर्ने डिस्क (छाता जस्तो फराकियो उपकरण) ले ब्रह्माण्डका संकेतहरु टिप्न सक्छ।
यो परावर्तन गर्ने डिस्क करिब ४५०० त्रिभुजाकार पत्ताहरु जोडेर बनाइएको छ। डिस्कले ब्रह्माण्डबाट आएको संकेतलाई रिसिभरसम्म पुर्याउने गर्छ। रिसिभरले संकेतलाई एक विशेष कम्प्युटरमा पठाउँछ। त्यसपश्चात सो संकेतको कस्तो हो र कहाँबाट आएको भनि अध्ययन अनुसन्धान हुन्छ।
यो टेलिस्कोपको निर्माणमा करिब १.२ बिलियन युआन ( १२४ मिलियन पाउन्ड) खर्च हुनेछ। यो टेलिस्कोप चीनले अहिलेसम्म गरेको खगोलसम्बन्धि सबैभन्दा ठुलो प्रोजेक्ट हो।
टेलिस्कोपले अन्तरिक्षबाट आउने संकेत तथा अन्तरिक्षमा हुने घटनाको बारेमा थाहा पाउनेछ। साथै पृथ्वीमा अन्य ग्रहका प्राणी (एलियन) आउने गरेको चर्चाको वास्तविकता पत्ता लगाउन पनि यो टेलिस्कोप उपयोगी हुनेछ।
थप तस्बिर,