१२ कात्तिक, बीरगञ्ज ।
तराई मधेश लोकतान्त्रिक पार्टिका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरले चीनसँग भएको पेट्रोलियम पदार्थको समझैताप्रति असन्तुष्टि जनाएका छन् । पहिला आफनो देशको समस्या देशभित्रै सम्बोधन गरि त्यसपछि घरेलु नितिको विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
बुधबार बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता ठाकुरले आफनो स्वार्थका लागि घरभित्रको समस्या सामाधानै नगरि विदेशी नीति विस्तार गरिए त्यो विदेश नीति दिर्घकालिन नभई समस्या आउने दावी समेत गरे ।
फाइल तस्विर
सरकारले मधेशी मोर्चासंग वार्ता पुर्व ५ वटा सर्त पुरा गरेको भनेपनि कार्यान्वयन नगरेको आरोप उनले लगाएका छन् । ठाकुरले सरकारले वार्ताको समय तोकेपनि वार्ता पुर्व सेना र सशस्त्र फिर्ता, सहिद परिवारको राहत, घाईतेको उपचार खर्च, लगायतको मागलाई सम्बोधन गरेपनि व्यवहारमा कार्यान्वयन नगरेको आरोप लगाए ।
गोर्खा सैनिकको पेन्सन बारेः भारतीय दुताबासको स्पष्टोक्ति
पूर्व प्रधानमन्त्री सुशील कोईराला र प्रधानमन्त्रि केपि ओलि सहित प्रचण्ड लगायतकालाई मधेशको मागका बारेमा जनकारी गराउदै आएपनि सत्ता पक्षबाट वार्तालाई सार्थक रुपमा कार्यान्वयन गर्न समान्य वातावरणका साथै ठोस अधार पनि नदिएको उनको आरोप छ ।
उच्चस्तरीय समितिको निर्णय- नाकाबन्दी हटाउन भारत सरकार र दलसँग वार्ता
ठाकुरले सिमाकंनको विषयमा आयोगले बुझाएको प्रतिवेदन अनुसार कञ्चनपुर कैलाली सम्म मधेशको प्रदेशमा राखिनुपर्ने बताए । पत्रकार सम्मेलन कार्याक्रममा पार्टिका महामन्त्री जितेन्द्र सोनल, पुर्वमन्त्री चन्दा चौधरी, सभासद रमेश पटेल, केन्द्रय सदस्य श्याम गुप्ता, जिल्ला अध्यक्ष पुरुषोतम झा लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालक संतोष पटेलले गरेका थिए ।