१० असार, एजेन्सी ।

चीन सहित अन्य ६ देशले परमाणु आपुर्ती समूह (एनएसजी)मा भारतको प्रवेशमा आफ्नो सहयोग नरहने स्पष्ट पारेका छन् ।

चीनले भन्यो -भारतको एजेण्डा समावेश नै छैन, भारत झस्कियो

चीन सहित ब्राजील, अस्ट्रिया, न्यूजील्याण्ड, टर्की र आयरल्याण्डले पनि भारतलाई यो समूहमा प्रवेश गराउने प्रस्तावको समर्थन गर्न अस्वीकार गरेका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

चीनले यो समूहमा प्रवेशका लागि भारत र पाकिस्तान कसैलाई पनि सहयोग नगर्ने स्पष्ट पारेको छ ।

अव अमेरिका जस्ता देशलाई जवाफ दिने हतियार छ – किम जोङ उन

चिनियाँ विदेश मन्त्रालयले एनएसजी समूहमा भारतलाई प्रवेश गराउने एजेण्डा नै नरहेको बताएपछि भारतीय मिडियामा तिव्र प्रतिक्रिया देखिएको थियो । अव चीनले यो प्रयासमा चीनको समर्थन नरहने स्पष्ट पारेको छ ।

China flag President

एनएसजीमा प्रवेश पाउने भारतीय प्रयासमा चीन तगारो बन्ने देखिएपछि भारतले यस अघि रुससँग सहयोग मागेको थियो । चीनले परमाणु हतियार आपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिनु अघी भारतले परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गर्नु पर्ने राखेको छ।

महिलाले बिचबाटोमै कपडा खोलेपछि घण्टौं सम्म जाम (तस्विर सहित)

उता अमेरिकाले भने भारतलाई मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (MTCR) को सदस्य बनाउन अमेरिका सहमत छ । अमेरिकाले परमाणु आपूर्तिकर्ता समूह (NSG) मा भारतको दावेदारीलाई पनि समर्थन गरेको छ ।

गुण्डालाई गोलीः गुण्डागर्दी गर्ने कोही पनि बाँकी रहदैनन- एसएसपी खनाल

चीन पनि यो समूहमा सदस्यता छैन । चीन सहित अन्य देशले समेत भारतीय प्रस्ताव अस्वीकार गरेपछि भारतको प्रयास असफल हुने निश्चित जस्तै देखिएको छ । यो संगठनमा फ्रान्सलाई कुनै हस्ताक्षर नगरी समावेश गराइको जिकिर भारतले गरिरहेको छ ।