काठमाडौं, ३० चैत । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चौलानी नदीमा डुबेर शनिबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका ४५ बर्षीय लक्ष्मण सिंह भण्डारी रहेका छन् ।

शनिबार दिउँसो १ बजेतिर देउझाडी नजिक चौलानी नदीमा नुहाउने क्रममा भण्डारीको डुबेर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो । भण्डारी सुस्त मनस्थितीको रहेको बुझिएको उनले बताए ।

मृतक भण्डारीको शव परिक्षणपश्चात आफन्तको जिम्मा लगाईसकेको प्रहरीले जनाएको छ ।

Advertisements