२१ चैत, एजेन्सी ।

यो कुरा पाँच बर्ष अगाडिको हो । सन् २०१२ मा चिनियाँ बिजनेस टायकून सेसिल चाओले आफ्नी छोरीको विवाहका लागि एक बिशेष अफर दिएर विश्वलाई अचम्ममा पारेका थिए ।

सेसिलले जो पुरुषले छोरी गिगीलाई विवाहका लागि राजी गराउँन सक्छन्, उसलाई ४२२ करोड रुपैयाँ बराबरको धनराशि दिने बताएका थिए । तर, यसमा एक झन्झट थियो – सेसिलकी छोरी गिगी विवाहित थिइन् । योभन्दा पनि ठूलो झन्झट अर्को थियो – कि गिगीले एक महिलासँगै विवाह गरेकी थिइन् । त्यसैले सेसिलले जुन पुरुषले छोरीलाई समलिंगीबाट एक शुद्ध महिला बनाउँन सक्छ, उसलाई यो अफर गरे ।

दुई बर्षपछि सन् २०१४ मा सेसिल चाओले यस अफरलाई बढाएर दुई गुणाभन्दा बढी बनाए र गिगीलार्य विवाह गर्ने पुरुषलाई १७ करोड दिने घोषणा गरे । तर, अब भने गिगीको सहनशीलताको बाँध भत्किइसकेको थियो र उनले एक बिशेष सार्वजनिक चिठ्ठी लेखेर यसको विरोध गरेकी थिइन् ।

चिठ्ठीमा गिगीले आफ्नो बुबालाई छोरीको निर्णयलाई स्विकार गरी त्यसको सम्मान गर्न भनेकी थिइन् । अन्ततः सेसिलले आफ्नी छोरीको निर्णयलाई स्वीकार गरे । यद्यपी, गिगीले आफ्नी महिला साथीलाई सीन एभलाई अहिलेसम्म आफ्नो परिवारको सदस्य मानेकी छैनन् । बुबाले यति गर्दा पनि गिगी र सेसिलबीच राम्रै सम्बन्ध छ ।

व्यापारी सेसिल चाओले कहिल्यै विवाह गरेनन्, तर उनका तीन सन्तान छन् । ति तीनै सन्तान तीन फरक–फरक महिलाबाट जन्मिएका हुन् । सेसिल आफूलाई ‘प्लेब्वाय’ भन्छन् । सेसिलले आफूले १० हजार महिलालाई डेट गरेको बताएका छन् । गिगी सेसिलकी तीन मध्ये पहिलो सन्तान हो, उनकी आमा हंगकंगकी फिल्म अभिनेत्री केली याओ हुन् र उनी सौतेनी बुबा र आमासँग न्यूजसीृ अमेरिकामा बस्छिन् ।

गिगी चाओ हंगक.गकी एल.जी.बी.टी समुदायमा सक्रिय छिन् भने उनकी श्रीमती सीन एभ पनि महंगो घडी बेच्ने कम्पनी एशिया कमर्शियल होल्डिंग्समा काम गर्छिन् । ८० बर्षीय सेसिलले गिगीलाई आफ्नो उत्तराधिकारी घोषित गरेका छन् ।