अष्ट्रेलियाको क्वीन्सल्याण्ड प्रान्तको कारपेन्ट्रियाको खाडीमा मौसमसंग जोडिएको यस्तो अनौठो घटना हुने गर्छ, किन हुन्छ? जसको कारणका बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। तर यो बताइने गरिन्छ कि, केप योर्क पेनिनसुलामा जमीन र समुन्द्रको खास आकृति यी विचित्र बादल बन्न मुख्य भुमिका खेल्ने गर्छ।

morning glory cloud of australia (4)

उत्तरी क्वीन्सल्याण्डको बर्केट टाउनमा जमिनको निजिकै निकै विचित्र बादल, वर्षा सुरु भन्दा अघि सेप्टेम्बरको अन्त्य अनि नोभेम्बरको सुरुवातमा देखिने गर्छ। यी बादललाई ‘मर्निङ ग्लोरी क्लाउड’ पनि भनिन्छ।

morning glory cloud of australia (1)

morning glory cloud of australia (2)

जमिनको सतहबाट करिब १०० देखि २०० मिटरको उचाइमा लामो पातलो अनौठो बादल बन्छ यहाँ। यो बादल १००० किलोमिटर सम्म लामो अनि २ किलोमिटरसम्म अग्लो हुने गरेको छ।

morning glory cloud

ग्लाइडर उडाउने पाइलटहरुको लागि यो बादलले निकै आकर्षित गर्ने गर्छ। तर हावाको गति निकै तेज हुने हुँदा बादल ठोक्किएर बिजुली पर्ने सम्भावना पनि हुने हुँदा यसको नजिक जानु खतरनाक पनि हुन्छ। आकाशमै बादलको सुनामी आएको जस्तो यो अनौठो बादलको दृश्यलाइ एक फोटोग्राफरले यसरी कैद गरेका थिए, हेर्नुहोस् भिडियो,

यस्तो किसिमको बादल अमेरिका, इग्लिस च्यानल, म्युनिख, बर्लिन, रुस र अष्ट्रलिया कै मेरिटाइम क्षेत्रमा पनि बेलाबखत देखिने गरेको छ। अष्ट्रेलियाको क्वीन्सल्याण्ड प्रान्तको कारपेन्ट्रियाको खाडीमा भने यस्ता बादल नियमित देखिने गर्छन।

यो पनि पढ्नुहोस।
तीन वटा देश देख्न सकिने एउटै ठाउँ – तस्बिर सहित