२० जेठ, एजेन्सी ।

जुन ३ अर्थात् बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको विवाह भएको दिन हो । अमिताभ–जयाको विवाह भएको ४४ बर्ष पूरा भएको छ । जब अमिताभको प्रेम वा विवाहको कुरा आउँछ अभिनेत्री रेखा आफैँ प्रसंगमा आउछिन् ।

अमिताभ–रेखाको प्रेममा फसेकी जयालाई आफ्नो श्रीमान् पाउन धेरै परिस्थितिको समना गर्नु परेको थियो । त्यो दौड सन् १९७७ तिरको थियो, जब रेखाले सिउँदोमा सिँन्दुर लगाएर आमा बन्न लागेको खबर मिडियामा दिएर अमिताभसँग सम्बन्ध फैलाउँनमा लागेकी थिइन् । अर्कोतिर जया शान्त भएर आफ्नो परिवार टुक्रिनबाट बचाउँने प्रयार गरिरहेकी थिइन् ।

एक दिन जब अमिताभ सुटिङका क्रममा मुम्बईबाट बाहिर थिए, त्यही दिन जयाले रेखालाई फोन गरिन् । रेखालाई फोन उठाउन डर लागेको थियो, किनकि फोनबाटै नराम्रो भन्लिन् भन्ने डर थियो । जयाले फोनबाट आफ्नो घरमा ‘डिनर’का लागि बोलाइन् रेखालाई । रातको समयमा रेखा निक्कै सजिएर पुगेकी थिइन् जया–अमिताभको घर, तर जया निक्कै सादा कपडा थिइन् ।

जयाले रेखाको राम्रो मुखले स्वागत गरिन्, धेरै कुरा गरिन् । जयाले अमिताभको बारेमा केही भनिन् । आफ्नो बैठक कोठा हुँदै बगैँचामा लगिन् रेखालाई । डिनरपछि जब रेखा फर्कन लागिन्, ढोका नजिक पुगेर विदा गर्दै जयाले एक वाक्य भनिन्, जुन सुनेर रेखालाई जमिन भास्सिए जस्तै भएको थियो । जयाले भनिन्, ‘चाहे जे सुकै होस्, म अमितलाई छोड्दिन ।’

अर्को दिन मिडियामा जयाको डिनर र रेखामाथि अनेक चर्चा चल्यो, तर यसबारे न जयाले नै केही प्रतिक्रिया दिइन् त रेखाले नै मुख खोलिन् । हो, यही दिनदेखि अमिताभको जिन्दगी एका–एक बद्लियो । अमिताभले रेखासँग दुरी बढाए, किनकि जयालाई आफ्नो र रेखाबीचको सबै कुरा थाहा भएर पनि परिवार नबिग्रियोस् भनेर मुख नखोली बसेकी थिइन् भन्ने लाग्यो । जानकार भन्छन्, ‘यदि जयाले त्यो ‘डिनर’ आयोजना नगरेकी भए, सायद आज रेखा अमिताभको जिन्दगीमा दोस्रो महिला बन्नमा सफल हुन्थिन् ।’