पर्सा, ६ बैशाख । बीरगञ्जमा जलाउन लैजाँदै गरेको शंकास्पद महिलाको शव पर्सा प्रहरीले जलाउन निदिई नियन्णमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीका पन्नालाल दासकी श्रीमती अन्दाजी २८ वर्षकी अन्जुदेवी तत्वाको शवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको सिर्सिया खोलाको गैयाघाट तर्फ जलाउन लैजादै गरेको अवस्थामा शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

मृतकका घर परिवारका सदस्यले एम्बुलेन्समा हालेर भारततर्फ जलाउन लान खोजे पनि एम्बुलेन्स चालक नमानेपछि पर्साकै गैयाघाटतर्फ लान लागेको बिशेष सूचनाको आधारमा महिलाको शवलाई नियन्त्रणमा लिई पोष्ट मार्टमका लागि वीरगन्जको नारायणी अस्पताल पठाइदै गरेको उनले बताए ।
मृतकका श्रीमान् पन्नालाल दाससहित उनका आफन्त भने फरार छन् । उनको हत्या भएको आशंका गरिएको छ ।