२ मंसिर, एजेन्सी । न्यूयोर्कका मेयर बिल डे ब्लासियोले ट्रम्पका कारण न्यूयोर्कका वासिन्दा डराएको बताएका छन् । उनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर यहाँका जनता नयाँ प्रशासनले कस्तो काम गर्ने हो भनेर डराएको बताएका हुन् ।

blasiyoट्रम्ससंगको भेटमा मेयर डे ब्लासियोले नागजात नभएका आप्रवासीलाई फिर्ता पठाउने कुराको विरोध गरेका छन् । उनले भनेका छन् ‘ट्रम्पको योजना न्यूयोर्कजस्तो सहरमा काम लाग्दैनन्, जुन आप्रवासीका लागि राम्रो छ ।’
ट्रम्पले चुनावी अभियानमा आफू निर्वाचित भए अपराधिक रेकर्ड भएका सबै आप्रवासीलाई जेल हाल्ने वा उनीहरूकै देश फिर्ता पठाउने बताएका थिए । यस्ता व्यक्ति ३० लाख भएको उनको दावी थियो ।
जबकी ट्रम्पको यो तथ्यांक विवादास्पद रहेको छ । स्वतन्त्र थिंक ट्यांकहरू भने अपराधिक रेकर्ड भएका आप्रवासीहरूको संख्या ८ लाख २० हजार मात्र रहेको बताउँछन् । यसमा ती व्यक्तिहरू पनि पर्दछन् जो अवैधानिकरुपले सीमा पार गरेर आएका छन् ।
ट्रम्पको यस्तो नीतिको विरोधी डे ब्लासियो मात्र होइन लस एन्जेल्स, सनफ्रान्सिस्को, शिकागो, वोस्टन, फिलडेल्फिया र वासिङ्गटन डिसीका मेयरहरूले पनि आफ्नो सहरका वासिन्दालाई जस्तोसुकै अवस्थामा सुरक्षा गर्ने बताएका छन् ।
ब्लासियो ट्रम्पको विरोधमा खुलेर वाहिर आएका छन् । उनले सहरको डाटावेसबाट आप्रवासीको नामनै हटाई दिएका छन् । ती आप्रवासीले कुनै समस्या भोग्नु नपरोस भनेर उनले यस्तो गरेका हुन् ।
ट्रम्पसंगको करिव १ घण्टाको कुराकानीपछि पत्रकार सम्मेलन गर्दै उनले भने ‘मैले उहाँलाई भनेको छु की यहाँकासहित अमेरिकामा बस्ने सबैको सुरक्षा हुनु पर्छ । न्यूयोर्कमा त अन्य ठाउँभन्दा तीन गुन्ना बढी विदेसीहरू बस्छन् । यो अहिलेदेखि होइन कयौं पुस्ता वितेको छ र उनीहरूकै सहभागितामा न्यूयोर्क यस्तो बनेको हो ।’ उनले थपिन् ‘ट्रम्प आफ्नो गृह नगरलाई माया गर्छन् ।’ जबकी न्यूयोर्कका वासिन्दाले हिलारी क्लिन्टनलाई भोट दिएका थिए ।