५ पुस, एजेन्सी ।
केही दिन अघि भारतको भ्रमण गरेका जापानका प्रधानमन्त्री शिन्जो आवेलाई स्वागत गर्न भारत उत्तर प्रदेश सरकारले निकालेको विज्ञापनमा उत्तर प्रदेशलाई बुद्ध भूमि भनेर चिनाइएको छ ।
टाइम्स अफ इण्डियामा प्रकाशित एउटा स्वागत विज्ञापनमा उत्तर प्रदेशलाई बुद्धको भूमि भनेर चिनाइएको छ ।

गौतम बुद्धको जन्म नेपालमा भएको भएपनि भारतलाई बुद्धको भूमि भन्ने गरिएको छ । बुद्धलाई भारतमा जन्मको भनेर स्थापित गर्न भारतमा सरकारी देखि मिडिया सम्म अनेक प्रयास भएका छन् ।
भारतलाई नै ढाँटे मोदीलेः फोटोशप गरिएका तस्विर भाइरल
बेलायतमा नारा- ‘मोदी आतंकबादी’, हिन्दु तालिबान पनि भनियो
नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए ।