काठमाडौं, ३० चैत । प्रदेश नम्बर दुईको सरकारले मिथिलाञ्चलमा धुमधामका साथ मनाइने जुडशीतल र सतुवाइन पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ ।
बैशाख १ गते सतुवाइन र २ गते जुडशीतल परेको छ । एक गते नयाँ वर्षको अवसरमा सार्वजनिक विदा भइसकेकाले प्रदेश दुईमा बैशाख २ गते पनि सार्वजनिक विदा दिइएको हो । मिथिलाञ्चल क्षेत्रमा हिलो र पानी छ्यापेर जुडशीतल पर्व मनाउने चलन छ ।