२२ मंसिर, काठमाडाैं । तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी छिन्।

लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पारिन् । उनी त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुगेकी थिइन् ।