७ असार, काठमाडौं ।

केही दिन अघि मात्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या गर्ने चेतावनी दिएको भनेर विवादमा परेका विवादास्पद जनजाति नेता आङकाजी शेर्पाले बाबुराम भट्टराइको धज्जी उडाएका छन् ।

आफ्नो फेसबुकमा पूर्व प्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराइका दम्पतिले जोगीको हातबाट टिका लगाएको तस्विर सहित कडा स्ट्याटस राखेका आङकाजीले ज्ञानेन्द्र भन्दा बढी जोगीको हातबाट टिका थाप्ने ब्यक्तिकोरुपमा बाबुरामलाई चित्रित गरेका छन् ।

Aankaji on Baburam bhattarai 1

उनले बाबुरामले केही समयमा अव आफ्नी पत्नि हिसिलालाई खुट्टा ढोगाउने समेत उनको टिप्पणी छ ।

[quote_box_center]उनले भनेका छन्- ‘ ज्ञानेन्द्रले भन्दा बढी भारतीय जोगीको हातबाट टीका थाप्ने क्रान्तिकारी नेता डा. बावुराम भट्टराई अतिहिन्दुवादी परमपरा अनुसार एक दिन आदिवासीका छोरी हिसिला यमीलाई आफ्ना बाहुन पति डा. वावुराम भट्टराईको खुट्टा ढोक्न बाध्य पारिनेछ । डा. वावुराम भट्टराईको यसप्रकारको अतिहिन्दुवादी चरित्र र प्रवृतिका कारण हिन्दु परम्परा अनुसार एक दिन आदिवासी जनजातिका छोरी हिशिला यमीलाई आफ्ना बाहुन पति डा. वावुराम भट्टराईको खुट्टा ढोक्न र खुट्टा धोएको पानी पिउन बाध्य पारिने राजनिितक बिश्लेषकहरुले तर्क गरेका छन् । स्मरण रहोस आदिवासीका छोरीहरु झलनाथ खनालको श्रीमती, के.पी. ओलीको श्रीमती र वामदेवको श्रीमतीले हिन्दु परम्परा अनुसार बाहुन पतिहरुको खुट्टा ढोक्न र खुट्टा धोएको पानी पिउन लगाएको हुन सक्ने राजनीतिक विश्लेषकहरुले अडकल काटेका छन् ।'[/quote_box_center]
प्रचण्डको हत्याको विषयमा स्टयाटस लेख्दा जस्तै गरी विश्लेषकको हवाला दिएका आङकाजीले बाबुरामलाई अतिहिन्दुवादी चरित्र र प्रवृतिका कारण हिन्दु परम्परा अनुसार एक दिन आदिवासी जनजातिका छोरी हिशिला यमीलाई खुट्टा ढोक्न र खुट्टा धोएको पानी पिउन बाध्य पार्ने समेत दावी गरेका छन् ।

Aankaji on Baburam bhattarai

उनले एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, एमाले अध्यक्ष केपी ओली तथा उपाध्यक्ष वामदेव गौतमका श्रीमतीले समेत पतिहरुको खुट्टा ढोग्न बाध्य भैरहेको दावी उनले राजनीतिक विश्लेषकहरुलाई उदृत गर्दै गरेका छन् ।

केही दिन अघि आङकाजीले एमाआवादी अध्यक्ष प्रचण्डलाई हत्या गर्ने चेतावनी दिएर विवादमा परेको भन्दै गृहमन्त्रालयले प्रहरीलाई बुझ्न आदेश दिएको थियो ।

ang kaji- prachanda

शेर्पाले प्रचण्ड जीवित रहनु १३ हजार सहिदको अपमान भएको विषयमा आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै १३ हजार नेपाली जनताको हत्यारा प्रचण्ड उपस्थिति बैठक तथा समारोहमा पूर्व जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुल लिएर जान सक्ने राजनीतिक विश्लेषणको चेतावनी दिएका थिए ।