२२ वैशाख । बलिउडकी चर्चित अभिनेत्री आलिया भाटले टपलेश फोटो शुट गराएकी छिन् ।
फोटोग्राफर डव्वु रतनानीले आफ्नो इन्स्टाग्राममा आलियाको टपलेश तस्विर शेयर गरेका छन् । शेयर गरिएको उक्त ब्ल्याक एण्ड ह्वाइट तस्विरमा आलियाले कालो विरालो पक्रेकी छिन् । डव्वुले शेयर गरेको उक्त तस्विरमा ‘लभ दी क्याटीट्युड‘ लेखिएको छ । खवरका अनुसार उक्त विरालो उनको बर्थडे गिफ्ट हो ।
पछिल्लो पटक आलियाको फिल्म बद्रिनाथकी दुल्हनिया हिट भएको थियो । त्यसपछि उनले ६ महिनाको लागी ब्रेक लिएकी छिन् । सेप्टेम्बरमा आलिया रनविर कपुरसंग फिल्म ‘ड्रयागन’मा देखा पर्ने छिन् ।