११ मंसिर, एजेन्सी ।

टर्कीले रुसको सैनिक विमान खसालेपछि उत्पन्न तनाव घट्नुको साटो बढ्ने संकेत देखिएको छ । टर्कीले सैनिक विमान खसालेको विषयमा रुससँग माफी नमाग्ने बताएपछि तनाव बढ्ने देखिएको हो ।

रुसी विमानले आफ्नो हवाइ सीमा उल्लङ्घन गरेको दावी गर्दै टर्कीले कुनै हालतमा माफी नमाग्ने बताएको हो ।

Putin vs Turkey

टर्कीका प्रधानमन्त्री रिसेप ताइप एर्दोगानले सिएनएनसँगको अन्तरवार्तामा एर्दोगानले रुसले फेरि हवाइ सीमा उल्लङ्घन गरेमा फेरी पनि विमान खसालिने बताए ।

टर्कीको राजधानीमा आयोजित एक भेटघाटपछि बोल्दै एर्दोगानले रुसले यस्तो दुस्हास फेरी गरेमा अझै कठोर जवाफ दिने चेतावनी समेत दिए ।

russia vs turkey

रुसले आफ्ना पाइलटलाई चेतावनी समेत नदिइ विमानमा गोली हानिएको आरोप लगाएपनि टर्कीले भने चेतावनी दिएको भन्दै अडियो समेत सार्वजनिक भएको छ ।

तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ (फोटो फिचर)

रुसको रक्षा मन्त्रालयले भने विमान खसाल्ने टर्कीले गम्भिर परिणाम भोग्ने चेतावनी दिँदै आएका छन् । सिरियामा आक्रमण जारी राखेको रुसले समुन्द्री क्षेत्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली राखिसकेको छ ।

नोस्ट्राडामसको भविष्यवाणी मिल्दैः यसै वर्ष तेश्रो विश्व युद्ध शुरु हुने ? (भिडियो सहित)

कतिपयले रुस र टर्कीको टकरावले तेश्रो विश्व युद्ध समेत शुरु हुन सक्ने बताइरहेका छन् ।

तेश्रो विश्व युद्धको घोषणा !